२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणको खोप कहिले लगाउने ? (तालिका सहित)



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको (मंगलबार) वैशाख ७ गते देखि दोस्रो मात्राको कोभिशिल्ड खोप लगाउने भएको छ । खोप कहिले लगाउने भनेर व्यापक प्रचार नभएको हुँदा तालिका सार्वजनिक गरेको हो । 

यो दोस्रो खोप पहिलो चरणमा खोप लगाएका व्यक्तिहरुका लागि मात्र हुनेछ । बैशाख ७, ८, ९, १०, ११ गते दोस्रो खोप लगाइने भएको छ । यो खोप अग्रपंक्तिमा काम गर्ने, जेष्ठ नागरिकका लागि मात्र हुने स्वास्थ्य कार्यलयले जनाएको छ । त्यस्तै फाल्गुन १० पछि खोप लगाएका व्यक्तिलाई भने अर्को तालिका आउने बताइएको छ । 

यस्तो छ तालिका :

माघ १४, १५, १६, १७ र २६, २७, २८, २९ गते खोप लगाएका व्यक्तिलाई बैशाख ७ गते 

माघ १८, १९, २०, २१, २२ र फाल्गुन २ गते खोप लगाएका व्यक्तिलाई बैशाख ८ गते 

माघ २३ र फाल्गुन ३, ४, ५ गते खोप लगाएका व्यक्तिलाई बैशाख ९ गते 

माघ २४ र फाल्गुन ६, ८, ९ गते खोप लगाएका व्यक्तिलाई बैशाख १० गते 

माघ ३० र फाल्गुन ७, १० गते खोप लगाएका व्यक्तिलाई  बैशाख ११ गते