२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ सम्मानित



अ+ अ-

काठमाडाैँ । मित्रराष्ट्र चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्न सफल करातेकी एरिका गुरुङ नगदसहित सम्मानित हुनु भएको छ ।

हाङझाव एसियाडको कराते टोलीका व्यवस्थापक समेत रहनु भएका नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले व्यक्तिगत रुपमा पूर्व घोषित नगद २ लाख रुपैयाँ पुरस्कार एरिका गुरुङलाई प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र निवासगोपाल वैद्यले एरिका गुरुङलाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गर्नु भयो ।

सोही अवसरमा हाङझाव एसियाडमा सहभागी कराते खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।रासस




भर्खरै