२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेतीकाली साहित्य सङ्गमको आयोजनामा ४३ औं काव्य श्रृङ्खला तथा शुभकामना आदानप्रदान सम्पन्न



अ+ अ-

तनहुँ । सेतीकाली साहित्य सङ्गम, तनहुँले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

धार्मिकस्थल भिमादको थुम्कीमा रहेको शिव पाञ्चायन मन्दिरमा बुधबार आयोजित कार्यक्रममा कविता एवम् विभिन्न साहित्यिक सिर्जना वाचन गरिएको थियो ।

संस्थाका अध्यक्ष नारायण कैलाश सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका सदस्य तथा पूर्व माननीय टुकराज सिग्देल रहेका थिए भने भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, स्वतन्त्र सेनानी पत्रकार विश्वबन्धु भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

२०७८ सालमा स्थापना भएको यस सस्थाले भिमाद सेरोफेरोलाई मुख्य केन्द्र बनाएर विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसमा सन्तबहादुर सन्तको मेरो देश नामक गजल विमोचन, नारायण कैलाश सिग्देलको कथासंग्रह विमोचन, नगरस्तरिय आधारभुत विद्यालयमा कथा वाचन, कथाकार भरतकुमार श्रेष्ठको अपहरण नामक कथा विमोचन लगायत कार्यक्रमहरु रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सिग्देलले स्थापनाको छोटो कार्यकालमा नै यस सस्थाले गरेका विभिन्न गतिविधिको प्रशंसा गरेका थिए ।

साहित्यले समाजलाई देखाउने ऐना मात्र नभई समाजलाई कता लैजाने भन्ने निर्क्योल गर्ने बताउँदै सिग्देलले युवापुस्ता पनि यो क्षेत्रमा लागेकोमा आभार व्यक्त समेत गरे ।

साथै उनले यो संस्थाको माध्यमबाट लुकेको प्रतिभाहरु बाहिर आउनेमा विश्वास व्यक्त गरे ।




भर्खरै