२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकुमार फिलिपको अन्तिम संस्कारका दृश्य तस्बिरमा



अ+ अ-

एजेज्सी । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया, उनको परिवार र पूरै ब्रिटेनले उनका पति राजकुमार फिलिपको शनिवार विन्ड्सर कासल परिसरमा अन्तिम बिदाइ गरेका छन्।

सेन्ट जोर्जेज् च्यापलमा गरिएको अन्तिम संस्कारमा महारानी सबैभन्दा नजिक एक्लै बसेकी थिइन्। उनका जेठा छोरा प्रिन्स अफ वेल्स र बुहारी विपरीत बसेका थिए।

उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका नौ प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँडेका थिए।

त्यसरी हिँडेकामध्ये तेस्रो लहरमा ड्यूक अफ केम्ब्रिज र राजकुमार ह्यारी पनि थिए। राजकुमार फिलिपको शोकमा एक मिनेटको मौनधारणअघि महारानीको गाडी आइपुगेको थियो।

सयौँ मानिसले घोडसवार सैनिकहरू विन्ड्सर कासलमा गएको दृश्य हेरेका थिए। राजकुमार फिलिपलाई बिदाइ गर्न केही सर्वसाधारण उपस्थित भए पनि कोभिड प्रतिबन्धका कारण त्यहाँ भिड थिएन।

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएका छन्। (बीबीसी नेपाली)