५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : लिभरपुलद्वारा एभर्टन पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा लिभरपुलले मोहम्मद सलाहको २ गोल मद्दतले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै लिभरपुल लिगको पहिलो स्थानमा उक्लिएको छ । यद्यपी आजै म्यान्चेस्टर सिटीले ब्राइटनलाई पराजित गरे सिटी पहिलो स्थानमा पुग्नेछ ।

आजको खेलमा लिभरपुलले एभर्टनमाथि निरन्तर दबाब दिँदै आक्रमण गरेको थियो । तर पहिलो गोल भने ७५ औं मिनेटमा पेनाल्टी मार्फत प्राप्त भएको थियो । उक्त गोल मोहम्मद सलाहले गरेका थिए ।

अर्को गोल पनि सलाहकै नाममा थियो । प्रत्याक्रमणका क्रममा सलाहले इन्जुरी समयको ९७ औं मिनेटमा डार्विन नुनेजले दिएको क्रस पासमा सुन्दर गोल गरेका थिए ।

एभर्टनका एस्ले योङले ३७ औं मिनेटमा दुईवटा पहेंलो कार्ड पाएसँगै रातो कार्ड पाएर मैदान छाड्नु परेपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो जसका कारण एभर्टनको खेल असन्तुलित हुन पुगेको थियो । एजेन्सी