५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाको अलराउन्ड प्रदर्शन, इङल्यान्ड हार नजिक



दक्षिण अफ्रिकाली टिम खुसी साट्दै ।
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मुम्बईको वान्खडे रंगशालामा जारी दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले अलराउन्ड प्रदर्शन गरेसँगै इङल्यान्ड दबाबमा परेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले सात विकेटको क्षतिमा ३९९ रनको विशाल स्कोर खडा गरेको थियो । अफ्रिकाका लागि हेनरिक क्लासेनले ६७ बलमै १०९ रन प्रहार गरेका थिए । पछिल्लो क्रममा आएका मार्को यान्सेनले ४२ बलमै ७५ बनाएर इङल्यान्डको बलिङ आक्रमण तहसनहस पारेका थिए । उनले ६ छक्का र ३ चौका हानेका थिए ।

यस्तै रिज हेन्ड्रीकले ८५, भान डर डुसेनले ६०, कप्तान एडेन मार्करमले ४२ रन बनाएका थिए ।

४०० रनको विशाल लक्ष पछ्याएको इङल्यान्ड संकटमा परिसकेको छ । पछिल्लो ताजा विवरण अनुसार, १२ ओभरमा इङल्यान्डले ६ विकेट गुमाएर ६८ रन मात्र बनाएको छ ।

इङल्यान्डका ब्याट्सम्यानहरु जोनी बेयरस्टो (१०), डेविड मलान (६), जो रुट (२), बेन स्टोक (५), जस बट्लर (१५), ह्यारी ब्रुक (१७) आउट भइसकेका छन् । क्रिजमा अहिले डेविड विल्ली र अदिल रशिद छन् ।

अफ्रिकाका लागि मार्को यान्सेन र गेराल्ड कोजीले २/ २ तथा लुंगी एन्गिडी र कागिसो राबाडाले १/ १ विकेट लिएका छन् ।

यो खेल जितेमा दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक प्राप्त गर्नेछ ।