२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्गसहित तलेजुको घोडे जात्रा मनाइँदै



फाईल फोटो
अ+ अ-

भक्तपुर । दसैँको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दसैँको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर तलेजु भवानीको वाहन सेतो घोडा जात्रा आज साँझबाट भक्तपुरमा सुरु हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

नेपाल संवत् ४४३ पौषशुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा शुरु भएको हो । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि रातिबाट सेतो घोडा जात्रा सुरु गरी सहर परिक्रमा गरिने प्रचलन रहेको जोशीले बताउनुभयो ।

तलेजुका मूल नाईके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वास छ ।

जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाइन्छ । विजयादशमी एक दिन चन्द्रमासको गतिअनुसार तलेजु भवानीको मन्दिरमा नवदुर्गा भवानीलाई खड्ग अर्थात पायःदयो प्रदान गरी जात्रा गरिन्छ । यसैलाई खड्ग अर्थात पायःद्यो जात्रा भन्ने गरिन्छ ।

राति तलेजुबाट बाजागाजासहित सेतो घोडा निकालिन्छ । उक्त घोडाको पछाडि तलेजु भवानी ल्याइन्छ भने तलेजु भवानीको पछाडि नवदुर्गा भवानी गण ल्याउने गरिन्छ । सेतो घोडा तलेजु भवानीको बाहन भएकाले तलेजु भवानीको अगाडि यो घोडा ल्याउने चलन छ ।

खड्ग जात्रा गरी दरबार क्षेत्र र नगरका अन्य क्षेत्रमा घोडा, तलेजु भवानी र नवदुर्गा गण परिक्रमा गराइन्छ । त्यसैगरी सोही दिन नवदुर्गा देवगणहरुले तलेजुको जमदार चोकमा तलेजु भवानीलाई ढोग गरिन्छ । प्रत्येक वर्षको विजयादशमीको राति ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु ९माथि सवारी हुने० वा क्वः न्ह्यायेगु ९तल सवारी० हुने निर्णय पहिले नै भएअनुसार तलेजु भवानीको जात्रा अगाडि सेतो घोडाको जात्रा हुन्छ ।

देवतासहित नगरको मथिल्लो भेगमा घोडालाई लैजादा दरबार क्षेत्रबाट दत्तात्रय, तौमढीहुँदै नारायणचोकसम्म माथिल्लो भेगको परिक्रमा गरी गहिटीस्थित सांभुङ्ग भैरवबाटै दरवार स्क्वायर पुर्यान्छ भने तल्लो भेगको परिक्रमा गर्दा दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोक गहिती स्थित सांभुङ्ग भैरवबाटै दरबार स्क्वायर पुर्याउने परम्परा छ ।

भक्तपुर नगरको पूर्वतर्फ विराजमान ब्रह्मायणी देवीको वाहन पनि सेतो घोडा नै भएकाले जात्रा मनाउदा तलेजु भवानीको सेतो घोडा ब्रह्मायणी देवीले आफ्नो बाहन हो भनी लैजान्छिन् भन्ने मान्यता अनुसार जात्रा तचपालबाटै तलतिर फर्काउने प्रचलन छ । घोडालाई दरबार क्षेत्रको तलेजुको सुनको ढोका अगाडि सेतो घोडा तीन पटक ओहोरदोहोर गराइन्छ ।

त्यस्तै मध्यपुर थिमिमा पनि आज राति खड्ग अर्थात ःदयो जात्रा मनाउने गरिन्छ । थिमिको लायकुबाट सुरु हुने यस जात्रामा मल्लकालिन सैनिक पोशाक र मल्लकालिन हातहतियारसहित बालकुमारीदेखि दिगुटोलसम्म प्रदर्शन गर्ने गरिन्छ । यो जात्रालाई स्थानीय भाषामा ‘खाँ पिहावइगु’ वा ‘भुइ फसि पालिगु’ जात्रा भन्ने गरिन्छ । यसलाई हतियार प्रदर्शन गर्ने जात्राको रुपमा मानिदै आएको छ । रासस