५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : अस्ट्रेलियाद्वारा नेदरल्यान्ड्स ३०९ रनको विशाल अन्तरले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत दिल्ली रंगशालामा बुधबार सम्पन्न दिवारात्रि खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाइ ३०९ रनको विशाल अन्तरले पराजित गरेको छ । विश्वकप इतिहासमै यति फराकिलो अन्तरले जितहार भएको यो पहिलो स्थिति हो ।

जितका लागि ४०० रनको विशाल लक्ष पछ्याएको नेदरल्यान्ड्सको टोलीले २१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

पछिल्लो समय लयमा फर्कन थालेको अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले १०४ रन बनाएका थिए ।

तर ग्लेन म्याक्सवेलले ४४ बलमै १०६ रन बनाएर नेदरल्यान्ड्सको इनिङ ध्वस्त पारेका थिए । उनले ९ चौका र ८ छक्का प्रहार गरेका थिए । म्याक्सवेलको यो सर्वाधिक छिटो शतक बनाउने रेकर्ड पनि हो ।

यस्तै स्टिभेन स्मिथले ७१ र मार्नस लाबुसाग्नेले ६२ रन बनाएका थिए ।

४०० रन पछ्याएको नेदरल्यान्ड्सको पालि अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले ध्वस्त बनाइदिएका थिए । उनले ८ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जस हेज्वलउड र प्याट कमिन्सले समान एकएक विकेट लिएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले ५ खेलबाट ६ अंक सहित लिगको चौथो स्थानमा रहेको छ ।

पछिल्लो अंक तालिका (माथिल्ला चार टिम)

१. भारत – ५ खेल – १० अंक
२. दक्षिण अफ्रिका – ५ खेल – ८ अंक
३. न्युजील्यान्ड – ५ खेल – ८ अंक
४. अस्ट्रेलिया – ५ खेल – ६ अंक