२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कफीको स्क्रबले ब्ल्याक र व्हाइट हेड्स कसरी हटाउने ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । आजभोलि धुँवा धुलो आदिका कारण अनुहारमा ब्ल्याक र व्हाइट हेड्स देखिनु सामान्य जस्तै भएको छ । अधिकांश मानिस यो समस्याबाट पीडित छन् । यो समस्या कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्छ । तर, विषेशगरी किशोरावस्थामा बढी देखिन्छ । व्हाइट हेड्स हटाउने उपाय अनेक छन् । तर, यो समस्याको समाधान भान्साबाटै पनि गर्न सकिन्छ ।

छालाको प्रकार र अवस्था जस्तो सुकै भए पनि ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउन घरेलु उपाय बढी फाइदाजनक हुन्छ । तपाईले प्रयोग गर्ने कफीको स्क्रबबनाएर अनुहारमा भएको ह्वाइट र ब्ल्याक हेड्स सजिलै हटाउन सक्नुहुन्छ ।

कफिको स्क्रबलाई दाग हटाउन यसरी प्रयोग गर्नुस् :

१) दही, कफी र बेसनको कमाल दुई चम्चा दहीमा एक ठूलो चम्चा कफीको धुलो र बेसन मिसाउने । उक्त मिश्रणलाई राम्रोसँग मिक्स गरेर अनुहारमा लगाउने र हल्का हातले मसाज गर्ने । मसाज गर्दा ध्यान दिनेकी उक्त पेस्ट जहाँ धेरै व्हाइट र ब्ल्याक हेड्स छन् त्यहाँ लगाउनु पर्छ ।

२) मोइस्चराइजर लगाउन नबिर्सौ  गोलाकार अवस्थामा दुई देखि तीन मिनेटसम्म मसाज गर्नुपर्छ । त्यसपछि सफा पानीले अनुहार धुने । टोनरको प्रयोग गर्ने साथै अनुहारमा मोइस्चराइजर पनि नबिर्सी लगाउने ।

३) मेकअप सफा गरेर लगाउने पेस्ट तपाई सातामा इच्छा अनुसार यो पेस्टको प्रयोग गर्न सक्नु हुन्छ । ध्यानदिनुहोस् की कफी, बेसन र दहीको यो पेस्ट अनुहारमा लगाउनु भन्दा पहिले अनुहारमा भएको मेकअप सफा गरेर मात्र लगाउनु पर्छ । (एजेन्सीको सहयोगमा)