२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: अष्ट्रेलियाविरुद्ध न्युजिल्यान्डले टस जित्यो



अ+ अ-

एजेन्सी । आईसीसी पुरुष विश्वकप २०२३ को २७औं खेलमा अष्ट्रेलियाविरुद्ध न्युजिल्यान्डले टस जितेको छ । धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको टस जितेर न्युजिल्यान्डका कप्तान टम लाथमले पहिला फिल्डिङ रोजेका छन् ।

अघिल्लो खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले पराजित गरेको थियो ।अर्कोतर्फ न्युजिल्याण्डले भारतसँग ४ विकेटले हार बेहोरेको थियो ।जारी विश्वकपमा खेलिएका ५ खेलमध्ये अष्ट्रेलियाले ३ खेल जितेर अंक तालिकाको चौथो स्थानमा छ भने न्युजिल्यान्डले ४ खेल जितेर वरियतामा तेस्रो स्थानमा छ ।

हेड टु हेड
अस्ट्रेलिया र न्युजिल्याण्डले एकदिवसीयमा हालसम्म १ सय ४१ पटक आमनेसामने भएका छन्। अष्ट्रेलियाले ९५ खेल जितेको छ भने न्यूजिल्याण्डले ३९ खेल जितेको छ । ७ खेल भने नतिजाविहीन भएका छन् ।

अष्ट्रेलियाको प्लेइंग इलेवनः
डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, जोस इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, एडम जाम्पा, जोस हेजलवुड ।

न्युजिल्याण्डको प्लेइंग इलेवनः

डेभन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान विकेटकिपर), ग्लेन फिलिप्स, जेम्स निशम, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट ।