२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाएको छु – रिचा शर्मा



अ+ अ-

काठमाडौं । नायिका रिचा शर्माले ट्वीटर मार्फत आफु गर्भवती भएको जानकारी दिएकी छन् । उनको ट्वीटमा उनले आफ्नो आमाले भनेका कुराहरुलाई स्मरण गरेर यस्तो लेखेकी हुन् ।

उनको आमाले आफ्नो सन्तान भएपछि थाहा पाउछस् भनेको जिकिर गरेकी छन् । उनले लेखेकी छन्, "एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा,आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन।आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भईरहेको छ।"

उनले आफु गर्भवती भएको ख़ुशी बाँडन पाउदा आफु सम्पूर्ण महसुश भईरहेको पनि बताएकी छन् । उनले थप्दै लेखेकी छन्, "एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो।"

उनले नयाँ वर्षसहित आएको यो खुशीलाई स्वागत गर्दै घरको दैलोमा श्रीमानसँग सजीवनको रुख रोपेको बताएकी छन् । साथै उनले भनिन् "यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस भन्ने तपाईहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु। मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, 'छोरी आज ठुली भई'।"