५ असार २०८३, शुक्रबार
,
Latest
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको लगातार छैटौं जित, इङल्यान्ड १०० रनले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत भारतको लखनऊमा आज भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन इङल्यान्डलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यस विश्वकपमा भारतको यो लगातार छैटौं जित हो । जितसँगै भारतले ६ खेलबाट १२ अंक हासिल गर्दै पहिलो स्थान ओगट्न सफल भएको छ । उता लगातार ५ हारबाट निराश बनेको इङल्यान्ड भने एक खेल जितेर २ अंक सहित लिगको पुछारमा छ ।

आइतबारको खेलमा टस जितेर इङल्यान्डले पहिले क्षेत्र रक्षण रोजेको थियो । सुस्त पिचमा भारतले ९ विकेट गुमाएर संघर्षपूर्ण २२९ रन मात्र बनाउन सकेको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८१ रनको महत्वपूर्ण पारि खेलेका थिए ।

अन्य ब्याट्सम्यानमा के एल राहुलले ३९, सूर्यकुमार यादवले ४९ रन बनाएका थिए । अन्य सबै ब्याट्सम्यान झिनो रन बनाएर आउट भएका थिए ।

२३० रनको चुनौती पाएको इङल्यान्ड ३४.५ ओभर खेल्दै १२९ रनमै समेटिएको थियो । टिमका लागि लियाम लिभिङस्टनले सर्वाधिक २७ रन बनाएका थिए ।

भारतीय बलरहरु मोहम्मद शामीले ४, जस्प्रीत बुम्राहाले ३, कुलदीप यादवले २ र रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।

चालु यस विश्वकपमा इङल्यान्ड टिमले ब्याटिङ र बलिङ दुबैमा कुनै खास प्रभावशाली खेल प्रदर्शन गर्न सकेको छैन । आजको हारपछि इङल्यान्ड टिम विश्वकपबाट लगभग बाहिरिएको छ ।