२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा हेलोवीन मनाइँदै – फोटोफिचर



अ+ अ-

अमेरिका । अमेरिकामा ‘भूतको जात्रा’ अर्थात हेलोवीन पर्व मनाइदै छ ।

भूतको पहिरनमामा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । यो पर्व हरेकवर्ष अक्टोबर ३१ मा मनाउने गरिन्छ ।

हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा प्रचलित छ ।

खानाको अभावमा मारिनेहरुको आत्मालाई खुवाउन भूतको जात्रा निकालिने प्रचलन सुरु भएको मान्यता छ ।अर्कातर्फ जिवित मान्छेलाई लिनका लागि मृतात्माहरु आउने भन्दै भूतलाई भगाउनका लागि भूतजस्तै बनेर हल्लाखोर मच्चाउने र सक्कलीभूतलाई भगाउने किम्बदन्तीपनि भूतजात्रासंग जोडिएको छ । अर्कातर्फ भूतजात्राको अवशरमा भूतजस्तै बनेर मान्छेहरु घरघरमा खाना माग्न जाने प्रचलन रहेको छ ।

नोभेम्बर १ तारिखको दिन निकालिने भूतजात्रामा ज्यान गुमाएका बच्चाको सम्मान र नोभेम्बर २ मा निकालिने भूतजात्रामा ज्यान गुमाएका जवानहरुको सम्मान गर्ने प्रचलन रहदै आएको छ । यो भूतजात्रालाई मृतकहरुको दिवसका रुपमा समेत मनाइन्छ ।

भूतात्माहरुले आफ्नो घरमा फर्केर आफन्तहरुलाई भेट्ने विश्वास कायम रहेकाले पुर्खाको सम्मानमा भूतका आकृति बनाएर घरघरमा राख्ने प्रचलन छ ।

भूतात्माहरुलाई आफ्नो घर फेलापार्न सजिलो होस् भनेर ज्यान गुमाएकाहरुले प्रयोग गर्ने सामानहरु घरबाहिर छरेर राख्ने प्रचलन समेत रहेको छ ।




भर्खरै