२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा यी रोग लाग्न सक्छन्, यस्तो छ जोगिने उपाय



अ+ अ-

काठमाडौं।गर्मी सुरु भएपछि शरीरमा धेरै प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । वातावरणको तापक्रम बढ्न थालेपछि यसले मानिसलाई प्रत्यक्ष असर पार्दछ । यसबेला कीटाणु पनि त्यतिकै सक्रिय हुने भएकाले संक्रामक रोगहरु फैलिने सम्भावना पनि त्यतिकै रहन्छ ।

गर्मीमा लाग्न सक्ने केही रोग यसप्रकार छन् :

१) डिहाइड्रेसन : डिहाइड्रेसनले गर्दा मुख सुक्ने, थकान, प्यास, पिसाब कम, टाउको दुख्ने, कब्जियत र रिँगटा लाग्नेसम्म हुनसक्छ। यसबाट बच्न पर्याप्त पानी, कागतीपानी, नरिवलपानी पिउनुपर्छ। 

२) घमौरा : जिउ चिलाउने र डाबर देखिन्छ। यसबाट बच्न सूती कपडा लगाउनुपर्छ। 

३) फुड प्वाइजनिङ :  यसका लक्षण उल्टी आउनु, पातलो दिसा आउनु, पेट फुल्नु, आदि हुन् । यसका लागि सफा खानेकुरा खानुपर्छ।

४) दादुरा : नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, मुख तथा गर्दनमा बिमिरा देखिने गर्छन् । बिमिरा बढ्दै गएर शरीरभरि नै फैलिन सक्छ । बिमिरा ५, ६ दिन पछि हराएर जान्छ । दादुराबाट बच्न भिटामिन ए प्रमुख उपाय हो । कुपोषणबाट ग्रस्त बालबालिकामा यो रोग बढी लाग्ने भएकाले यसबाट बच्न पोषणयुक्त खानामा ध्यान दिनुपर्छ ।

५) जन्डिस : यो रोग लागेपछि रोगीको आँखाको सेतो भाग पहेँलो हुँदै जान्छ । पिसाब पनि पहेँलो हुन्छ र शरीर निकै कमजोर हुन्छ । यसबाहेक, टाउको दुख्नु, भोक नलाग्नु, शरीर भारि हुनु,  उल्टी आउनु, पातलो दिसा आउनु, पेट फुल्नु, निद्रा नलाग्नु, शरीर धेरै चिलाउनु आदि यसका लक्षण हुन् । यसबाट बच्न प्रशस्त मात्रामा शुद्ध पानी पिउनुपर्छ । यसको कीटाणु हावाको माध्यमले फैलिने भएकाले रोगीलाई विशेष निगरानीमा राख्नुपर्ने हुन्छ । यो रोग भएकाले प्रोटिनयुक्त आहार गर्नु राम्रो हुन्छ । 

(एजेन्सीको सहयोगमा)