२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्बासँगै यसको पातको पनि उत्तिकै फाइदाँ, जान्नुहोस्



अ+ अ-

काठमाडौं । नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ ।

यी हुन्, अम्बाको पातका फाइदाँहरु :

१) अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ ।

२) तपाई डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ ।

३) यदि तपाईमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात प्रयोग गर्दा हुन्छ । अम्बाका पातले तौल घटाउने काम गर्छ ।

४) अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ ।

५) अम्बाको पातको सुपले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्दछ ।

६) अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्यािउँछ । यसले कपालको विकासमा सहयोग पुर्या्उँछ । यदि तपाई कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

७) अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ ।

८) यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ । 

(एजेन्सीको सहयोगमा)