२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सलमानले अमितलाई आफ्नो साइकल उपहार दिए



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अमित साध वेब सिरिज ‘दुरंगा–२’ को कारण चर्चामा छन् । उनले ‘काई पो चे’, सुल्तान, सुपर ३० जस्ता हिट फिल्ममा काम गरिसकेका छन् ।

अमितले ओटीटी क्षेत्रमा पनि आफ्नो दमदार अभिनयले दर्शकको मनमा ठाउँ बनाएका छन् । हालै उनले बलिउडका ‘दबंग’ सलमान खानसँग जोडिएको एउटा हृदयस्पर्शी किस्सा सेयर गरेका छन् ।

मिडियालाई दिएको एक अन्तर्वार्तामा अमित साधले ईद मनाउने क्रममा सलमान खानसँग जोडिएको एउटा रोचक घटना सेयर गरेका छन् । ‘सुल्तान’ फिल्ममा सँगै काम गरेपछि सलमानले उनलाई ईद मनाउन निम्तो दिएको अभिनेताले बताए । अमितले अगाडि भने कि सलमानले उनलाई लामो समयसम्म बस्ने जिद्दी गरेका थिए, किनभने उनको लागि एउटा सरप्राइज थियो ।

अमितले सुटिङको कारणले कार्यक्रम छाड्न आग्रह गरे पनि सलमान खानले जान नदिएको बताए । बिहान करिब ५ः३० बजेसम्म सलमान खानले उनीसँग कुरा गरिरहे र अमितको साइकल चलाउने रुचिको बारेमा थाहा पाएपछि सलमानले उनलाई आफ्नो साइकल उपहार दिए र भने कि ‘यो तिम्रो हो’ । अमितले शेरवानी लगाएर सलमान खानको साइकलमा घर गएको बताए ।




भर्खरै