२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत उपचार पद्धतिलाई प्रवद्र्धन गर्न नेपाल र भारतले सहकार्य गर्नुपर्ने



अ+ अ-
काठमाडौँ ।  परम्परागत उपचार पद्धति आयुर्वेदको प्रवद्र्धनका लागि ज्ञान, सीप, विशेषज्ञता आदानप्रदान गरी नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । आठौँ आयुर्वेद दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यलाई निरन्तरता दिन छलफल गरिएको बताउनुभयो । ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न लागिएको सो अवसरमा जानकारी गराइएको हो ।
नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि काम गरिरहेको जानकारी गराउनुभयो । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा।श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताउनुभयो ।
भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ । रासस