२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता अक्षय कोरोना भाइरसबाट मुक्त



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसबाट मुक्त भएका छन् । 

उनले कोरोना भाइरस संक्रमण भएको एक दिनपछि अस्पताल भर्ना भई उपचार गराएका थिए । अक्षयकी पत्नी तथा पूर्व नायिका ट्विंकल खन्नाले एक कार्टुन पोस्ट गर्दै अक्षयले कोरोना जितेको बताएकी छन् । 

केही समयअघि ‘राम सेतु’को छायाङ्कनका क्रममा कुमारलाई कोरोना पोजिटिभ देखिएको थियो । संक्रमण भएपछि उनी छुट्टै (आइशोलेसनमा) बसेका थिए । 

अक्षय कुमार संक्रमणमुक्त भएपछि घर फर्किएका छन् । हाल उनी सुरक्षित र स्वस्थ रहेको पनि खन्नाले जानकारी गराएकी छन् ।