२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषणका कारण भारतले नयाँ दिल्लीमा खेलकुद कार्यक्रममा प्रतिवन्ध लगायो



अ+ अ-

एजेन्सी । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिवन्ध लगाएको छ ।

वायु प्रदुषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रवार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो ।

जुन गम्भीर प्लस श्रेणीमा परेको थियो । जुन हावाको उच्च शतर्कता स्तर हो । आफ्नो एडभाइजरीमा सफारले सबैलाई घरबाहिर सबै शारीरिक गतिविधि नगर्न, प्रदुषण बिरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ । दिल्ली विश्वको सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ ।

दिल्लीका अधिकारीहरूले बढ्दो प्रदुषणको लागि छिमेकी राज्यहरू पञ्जाव र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।