२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकद्वारा आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत रहेको बैंकले जनाएको छ । त्यसैगरी आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको जनाएको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु. ६८ अर्बले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च भने रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड रहेको जनाएको छ । 

साथै विस्तृत मुद्राप्रदाय पनि ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।