२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्लिन्केन भन्छन्: गाजामा युद्धविराम हुँदा हमासलाई पुन: संगठित गर्न सक्षम बनाउँछ



अ+ अ-

एजेन्सी । अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमास आन्दोलनलाई आफ्नो सेना पुन: संगठित गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

जोर्डनको राजधानी अम्मानमा जोर्डनका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । उनले “हमास आन्दोलन विरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारको लागि आफ्नो देशको समर्थनलाई पुन: पुष्टी गर्दै प्यालेस्टिनी नागरिकहरूको सुरक्षाको आवश्यकतामा जोड दिनुभयो । उहाँले इजरायल–हमास द्वन्द्वमा कुनैपनि थप देशलाई नयाँ मोर्चा खोल्नबाट रोक्न अमेरिकाले आफ्नो प्रभावको फाइदा उठाउने बताउनु भयो ।

त्यस्तै जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । उहाँले गाजामा जारी इजरायली आक्रमणलाई आत्म–रक्षाको रूपमा वर्णन गर्न अस्वीकार गर्नुभयो । प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुभयो ।

इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा भएका दुर्भाग्यपूर्ण हत्याका घटनाहरूलाई न्यायोचित बनाउन नसकिने भन्दै बिना शर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गर्नुभयो ।

उहाँले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । जोर्डनले शनिवाार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेश मन्त्रीहरू साथै प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवबीच छलफल गरेको थियो ।