२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाको लाजमर्दो रेकर्ड



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिकाबीच भयो । यो खेल जारी विश्वकपमा अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच भएको थियो ।

उक्त खेलमा भारतले दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई २४३ रनको ठूलो अन्तरले पराजित गरेको थियो ।

दक्षिण अफ्रिकी टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा भारतीय टोलीसँग सबैभन्दा ठूलो हार बेहोरेको छ । भारतीय बलरको अगाडि दक्षिण अफ्रिकी टोलीका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

टेम्बा बाभुमाको कप्तानीमा रहेको टोली ३२७ रनको लक्ष्य पछ्याउँदा ८३ रनमा अलआउट भयो । यसरी दक्षिण अफ्रिकी टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो हार बेहोरेको छ । विश्वकपको इतिहासमा यो टोलीको सबैभन्दा ठूलो हार समेत हो ।

यद्यपी दक्षिण अफ्रिकासँग यसअघि पनि यस्तो भएको थियो तर एकदिवसीय अन्तर्राष्ट्रियमा विपरित टोलीका खेलाडीले जति रन बनाउन नसकेको यो दोस्रो पटक हो ।