२७ असार २०८३, शनिबार
,
Latest
पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ ‘एक चीन नीति’ प्रति सचेत रहन र कुटनीतिक संवेदनशीलता कायम राख्न पूर्वराजदूतहरूको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापक मृत्यु प्रकरण: आन्दोलनस्वरुप भोलि सिरहाका विद्यालय बन्द घोषणा



अ+ अ-

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साहको मृत्यु प्रकरणमा भोलि मंगलबार शिक्षकहरुले आन्दोलन गर्ने भएका छन् ।

विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका प्रधानाध्यापक साहको मृत्यु शंकास्पद रहेको भन्दै शिक्षकहरुका पेशागत संगठनहरुको संयुक्त बैठकले भोलि जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षकहरुका आठ पेशागत संगठनका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै सत्य तथ्य निष्पक्ष छानविन गरी दोषी पत्ता लगाउन दबाब स्वरुप भोली जिल्लाभरका विद्यालय र गोलबजार नगरपालिकाका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् । साथै भोलि सरस्वती माविमा हुने संघर्षका कार्यक्रममा उपस्थित हुन शिक्षकहरुलाई अपिल गरिएको छ ।

प्रधानाध्यापक साह आइतबार बिहान विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।