काठमाडौं । आज बजारमा सुनको मुल्यमा सामान्य वृद्धि आएको छ । आज सुनको मुल्य तोलामा रु १ सयले बढेको छ ।
हिजो (आईतबार) प्रतितोला रु ८९ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज रु १ सयले बढेर प्रतितोला रु ८९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८९ हजार १ सय ५० कायम भएको छ । त्यस्तै चाँदीको मुल्य तोलामा रु १२७५ कायम भएको महासंघले जनाएको छ ।







