२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जाजरकोट पुग्नु भएका राष्ट्रपति रामचन्द्र पौडेलले फर्कने क्रममा घाइतेलाई काठमाडौं उपचार गर्न ल्याउनु भएको छ ।

राष्ट्रपति पौडेलले आज काठमाडौं फर्कने क्रममा भूकम्पबाट गम्भीर घाईते (ढाडमा गम्भीर समस्या रहेका) जाजरकोटका वीरे पुनलाई काठमाडौं ल्याउनु भएको छ ।

राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुको साथै पीडित परिवारसँग भेटघाट र अस्पतालमा विरामीहरुको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँले सरकारलाई पीडितहरुको लागि तत्काल राहत र पूननिर्माणको काम थाल्न निर्देशन समेत दिनु भएको छ ।