२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान – फोटोफिचर



अ+ अ-

काठमाडौँ । सरकारले आईसीसी सीडब्लुसी लिग– २ तथा एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले आईसीसी राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेका हुन् ।

सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र राखेप बोर्ड तथा कार्यकारी समिति सदस्य नन्द बस्याल, राखेपका सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा गत आइतबार सम्पन्न आईसीसी पुरुष टी– २० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै टी– २० विश्व कपमा स्थान पक्का गर्न सफल नेपाली टोलीलाई पनि बधाइ ज्ञापन गरिएको थियो ।




भर्खरै