२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ ।

हेटौंडामा जारी एन्फाको विशेष साधारण सभामा नेम्वाङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु भएको हो ।

एन्फाका ४९ सदस्यले गत भदौमा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वासको प्रस्ताव गरेका थिए । २०७९ असार ६ गते निर्वाचित नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गरेका हुन् ।

कुल ११० प्रतिनिधि रहेकोमा ८९ जनाले मताधिकार प्राप्त गरेका छ्न् । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्वाङ पद मुक्त हुनेछन् ।