२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयात रोकेपछि फूलसँगै फक्रँदैछ किसानको खुसी



अ+ अ-

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङकै बाटो हुँदै भारतको फूल बोकेका ट्रकहरु काठमाडौँ चढ्छन् । तर, बिडम्बना त्यही बाटोमाथीको डिलमा फुलेको फूलले बजार पाउन निकै कठिन छ ।

तर यसवर्ष भने अवस्था केही फरक भएको छ । सरकारले तिहारमा भारतबाट फूल आयातमा पूर्ण रुपमा रोक लगाउने खबरले धादिङका किसान निकै उत्साहित भए । दङ्ग नहुन् पनि किन ? गतबर्ष भारतीय सयपत्री फूलको घरमा सजाउने लामो माला रु ४०० प्रति प्रति गोटा बिक्री हुँदा धादिङका किसानले रु सयमा प्रति गोटा बिक्री गर्नुपरेको थियो । तर त्यही भाउमा पनि सबै फूलले बजार पाएन ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

यसमध्ये धादिङ सयपत्री फूलको ब्यवसायिक खेती बिस्तार भएको जिल्ला हो । तर पनि यहाँका किसानले कहिल्यै फुलको उचित मुल्य पाएका छैनन् । यसपाली धादिङ १६ सय रोपनी भन्दा बढीमा फूलखेती गरिएको छ । दशैंदेखि नै फुल्न सुरु गरेको फुल यसपाली तिहार ढिलो परेकोले सुक्ने होकी भन्ने अर्को पिर थियो ।

तर पनि जोगाउन सफल भैयो अब राम्रै भाउ आँउछ कि भन्ने आश छ भन्छन् धादिङ गल्छी– ४ का नारायण भण्डारी । हरेक वर्ष व्यावसायिक सयपत्री फूल खेती गर्दै आएपनि अहिलेसम्म फूलले राम्रो भाउ पाएको छैन तर पनि बारीको सौन्दर्य बढाउने र त्यति स्यहार सुसार पनि नचाहिने भएकाले लगाउन नछोडेको उनि बताउछन् ।

 

त्यसैगरी गल्छी गाउपालिका जुङ्गीपाखाका तामाङ गाँउका किसानहरुको बारीमा पनि हरेक बर्ष ढकमक्क सयपत्री फुल्छ । सोचेजस्तो आम्दानी नभएपनि बर्षेनी फूल लगाउन छोड्दैनन् यहाँका किसान । उनीहरु भन्छन्– फूलबाट आम्दानी राम्रो नभएपनि बारीभरि फूल फूलेको दृश्यले रमाइलो लाग्छ । काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ ।