२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोटसहित तीनजना पक्राउ



अ+ अ-

काठमाडौँ : नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँबाट एक र पर्साबाट दुई गरी तीन जना आज पक्राउ परेका छन् ।

उनीहरूमध्ये काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेशकुमार पटेल र वीरगञ्ज महानगरपालिका–३१ कोनिया बस्ने २३ वर्षीय ऋषि पटेल रहेका छन् ।

घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र२–०३–००१प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस