५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : भारतद्वारा नेदरल्यान्ड्स १६० रनले पराजित



भारतीय ब्याट्सम्यान श्रेयस ऐयर (फाइल)
अ+ अ-

विश्वकप क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

भारतले प्रस्तुत गरेको ४११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले अलआउट हुँदै ४७.५ ओभरमा २५० रन मात्र बनाएको थियो । यो जितसँगै भारतले विश्वकपका लिग चरणका सबै ९ खेल जितेको छ ।
चालु विश्वकपमा लिगका सबै खेल जित्ने भारत एकमात्र टिम हो ।

नेदरल्यान्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेक्टले ४५, तेजा निदामानुरुले ५४, कोलिन एकरम्यानले ३५ तथा म्याक्स ओडाउडले ३० रन बनाएका थिए ।

भारतका लागि ९ जनाले बलिङ गरेका थिए । जसप्रित बुम्राह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए भने रोहित शर्मा र विराट कोहलीले पनि समान एकएक विकेट लिएका थिए ।

यसअघि, यस विश्वकपमा एक पनि खेल नहारेको भारतले बैंगलोरमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । भारतका लागि श्रेयसले ९४ बलको सामना गरी अविजित १२८ रन बनाए । उनले ५ छक्का र १० चौका प्रहार गरेका थिए ।

यस्तै, केएल राहुलले ४ छक्का र ११ चौका मद्दतले ६४ बलमा १०२ रन बनाए । यस विश्वकपमा पहिलो शतक बनाउने क्रममा उनले केबल ६४ बल सामना गरेका थिए । उनी इनिङको अन्त्यतिर डी लीडको बलमा क्याचआउट भएका थिए ।
भारतका लागि कप्तान रोहित शर्माले ६१, शुभमन गिलले ५१ तथा विराट कोहलीले ५१ रन बनाए ।

नेदरल्यान्ड्सका लागि बास डी लीडले २, पल भान बीकेरन र मर्वले समान एकएक विकेट लिएका थिए ।

अब भारतले सेमिफाइनलमा न्युजील्यान्डको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ ।