२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल



अ+ अ-

भारत ।उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ ।

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् ।

“सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ”, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भन्नुभयो, “अहिलेसम्म सबैजना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।”

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ ।

“हामीले फसेका कामदारहरूलाई केही चिप्स र पानी दिएका छौँ, उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ”, टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भन्नुभयो, “उद्धार कार्य जारी छ, आज साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ, सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।”

शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो ।