५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षमा ८ सेमिफाइनल र फाइनल गुमाएको भारतलाई फेरि पनि सेमिफाइनलबाटै बाहिरिने चिन्ता



अ+ अ-

एजेन्सी । १० जुलाई २०१९ म्यानचेस्टर, इङ्गल्याण्डको ओल्ड ट्राफोर्ड मैदान । महेन्द्र सिंह धोनी २ इन्चको दुरीमा रनआउट भए । योसँगै भारतको विश्वकप जित्ने आशा पनि समाप्त भयो । विश्वकपको सेमिफाइनल खेलमा भारत न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि विश्वकपबाट बाहिरियो ।

सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेपछि यो पाँचौं पटक थियो जब भारतीय टोली आईसीसी प्रतियोगिताको सेमिफाइनल वा फाइनलमा पराजित भएको थियो । त्यसपछि यस्तो तीन पटक भयो । पछिल्लो १० वर्षमा आईसीसीका ९ विभिन्न प्रतियोगितामा ८ पटक भारतीय टोली नकआउट राउण्डमा एक खेल गुमाउँदै बाहिरिएको छ ।

फेरी पनि यस्तै हृदयविदारक प्रतियोगिता भारत सामु छ । यो विश्वकपको सेमिफाइनल पनि हो । भारतले नोभेम्बर १५ मा (बुधबार) मुम्बईमा फेरी त्यही न्युजिल्यान्डको सामना गर्नेछ । भारतीय टोली नकआउट खेलमा फेरी असफल हुने डरको शिकार बन्ने हो कि भन्ने प्रश्न उठिरहेको छ ।

१९७५ देखि १९८३ः भारत सन् १९७५ र १९७९ को विश्वकपमा नकआउटमा पुग्न सकेन । १९८३ मा पहिलो पटक नकआउटमा पुग्यो र भारत च्याम्पियन बन्यो ।

१९८४ देखि २००६ः भारतले ११ आईसीसी प्रतियोगितामा भाग लियो । यीमध्ये ५ वटामा भारत सेमिफाइनल वा फाइनलमा पराजित भयो । वर्षाका कारण एक फाइनल भने पूरा हुन सकेन जसमा भारत संयुक्त विजेता बन्यो । भारत नकआउट राउण्डमा पुग्न नसकेको ५ वटा प्रतियोगिता थिए । सन् १९८३ को विश्वकपदेखि २००७ को एकदिवसीय विश्वकपसम्म भारतले एउटा पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन ।

२००७ देखि २०१३ः भारतले २००७ टी-२० विश्व कपदेखि २०१३ च्याम्पियन्स ट्रफी सम्म ७ आईसीसी प्रतियोगितामा भाग लियो । जसमा भारतले ३ नकआउट राउण्डमा पुग्दै तीनवटैमा उपाधि जित्यो ।

२०१४ देखि २०२४ः जारी विश्वकप अघि, भारत ९ मध्ये ८ आईसीसी प्रतियोगिताको नकआउटमा पुग्यो । तर, उसले एउटा पनि उपाधि जित्न सकेको छैन ।