२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विहान उठ्नसाथ चिया पिउनु कति घातक ?



अ+ अ-

एजेन्सी। प्राय नेपालीहरुको दैनिकी चियाबाट नै सुरु हुन्छ । चिया पिउने बानी मात्र नभएर यो नेपाली संस्कृति नै बनिसकेको छ । विहान उठेपछि चिया नपकाउने घर सायदै हुन्छ । कतिपयलाई त कैयौं कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्याउन सक्छ । यस्ता छन् खाली पेट चिया पिउनुका खतरा :

१) कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूधचिया पिउनाले शरीरलाई थकान महसुस गराउँछ ।

२) कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर पार्छ भन्दै कालो चिया पिउनेको संख्या ठूलो छ । तर, कालो चियामा भएको पत्तीले पनि पाचन प्रणालीमा असर पुर्‍याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।

३) चियामा टेनिन हुन्छ, जसले शरीरमा भएको आइरनसँग रियाक्ट गर्छ । जसकारण खानापछि चिया पिउनाले शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।

४) तपाईं दिनमा ४-५ कप चिया पिउनुहुन्छ भने यस्तो बानी सुधार गरिहाल्नुस् । निकै तातो चिया पिउँदा पनि स्वास्थ्यलाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढाउँछ ।

५) चियामा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सरको समस्या पनि बढ्दै जान्छ ।