२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको फाइनलमा पुग्न अस्ट्रेलियालाई २१३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ को फाईनलमा पुग्न दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अलआउट हुदै २१२ रन बनायो ।

दक्षिण अफ्रिकाको लागि डेबिड मिलरले शतक बनाए । उनले ११६ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०१ रन बनाए । १२ ओभरमा २८/४ को स्थितीमा रहेको दक्षिण अफ्रिकालाई मिलर र हेनरिक क्लासेनले उत्कृष्ट साझेदारी गरे । क्लासेनले ४८ बलमा ४ चौका र२ छक्का प्रहार गर्दै ४७ रन बनाए । यि दुई बाहेक दक्षिण अफ्रिकाका कुनैपनि खेलाडिले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अस्ट्रेलियाको लागि मिचेल स्टार्कले १० ओभरमा एक मेडन सहित ३४ रन खर्चेर तीन विकेट लिए । प्याट कमिन्सले ९.४ ओभरमा ५१ रन खर्चेर तीन विकेट लिँदा जोश हेजलवुड र ट्रेविस हेडले समान दुई दुई विकेट लिए ।

अब अस्ट्रेलियाले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ । यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ ।