२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी मौसममा कागती खानुको यस्तो छ रोचक फाइदा !



अ+ अ-

काठमाडौं । नेपालको जुनसुकै भेगमा सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ ।

यस्ता रहेकाछन् कागतीका फाइदाहरू :

१) शरीरका गिर्खा हटाउनमा : शरीरमा आएका गिर्खा र कसिलो मासुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ । कागतीको सर्वत नियमित पिउनेलाई पत्थरीको समस्या पनि कम हुन्छ ।

२) घाँटीको खराबिमा : कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खराबिमा पनि कागतीको सर्वत लिऔँ ।

३) उच्च रक्तचाप : मुटुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ किनभने यसमा भएको पोटासियम तत्वले उच्च रक्तचाप, वाक्वाकी, टाउको दुखाई नियन्त्रण गर्छ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।

४) दाँतको सुरक्षा : कागतीको प्रयोग दाँतको हेरचाहमा समेत गरिन्छ । दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ । कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको नियमित सफाईमा समेत कागतीको प्रयोग गर्न सकिन्छ । तर ख्याल गर्नुस् , कागतीमा धेरै अम्लतत्व हुने भएकाले कागतीको धेरै प्रयोगले मुखभित्रको गिजा खुइलिन सक्छ । यस्तोमा तत्कालै सफा पानीले मुख कुल्ला गर्नुहोस् ।

५) कपालको सुरक्षाः कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्याको धेरै हदसम्म निदान हुन्छ । कपालमा सिधै कागतीको रस लगाएर, त्यसलाई केहीबेर सुकाएर नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

६) पोलेको घाउमा : पोलेको घाउमा कागती र कागतीजन्य जुनसुकै अमिलो पनि रामवाण हुन्छ । पोलेको ठाउँमा कागतीको रस तत्काल दल्ने हो भने कुनै पनि फोका पनि उठ्दैन र बिना दाग घाउ निको भएर जान्छ ।

७) अपच र कब्जियत : अपच र कब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पुर्याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । 

यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधा घण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ । कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन आवश्यक हुन्छ । सफा पानीमा कागती निचोरेर सखर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा मात्रै प्राप्त हुँदैन, शरीरका विकार समेत हटाउँछ । पुदिनाको पात पिँधेर अथवा त्यसको धुलो हाल्दा त्यसले सर्वतलाई झनै स्वादिलो बनाउनेमा त कुनै शंकै छैन ।

८) ज्वरो : नेपालमा ज्वरो आउँदा अमिलोको संसर्ग नगर्नु भन्ने अन्धविश्वास छ तर रुघाखोकी र ज्वरोमा समेत कागतिको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन् , कारण, सर्वत पिएपछि शरीरबाट धेरै पसिना आउँछ र पसिना निस्केपछि ज्वरो स्वतः कम हुन्छ ।

९) नाथ्री फुट्दा : कपडाको सानो डल्लो बनाएर त्यो डल्लोलाई कागतीको रसमा डुबाएर नाथ्री फुटेको ठाउँमा पसाउने हो भने त्यसले रगत समेत रोकिन सहयोग पुर्याउँछ ।

१०) शरीरको अनावश्यक वजन वृद्धिमा : यदि तपाईको शरीर अनावश्यक रूपमा वृद्धि भएको छ भने मनतातो पानीमा शखर हालेर खानुस् । यसले तपाईको वजन अवश्य पनि हटाउनेछ ।

११) हैजामा : हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वत अत्यन्त हितकारी छ किनभने यसले रगत शुद्धिकरणमा भूमिका खेल्छ ।

१२) पाइताला र खुट्टाको दुखाईमा : तातो पानीमा कागतीको रस हालेर त्यसमा पाइताला र खुट्टा डुबाउँदा दुख्ने समस्यामा धेरै नै कम हुन्छ । त्यतिमात्रै होइन कागतीको रस पानीमा हालेर त्यसले नुहाएमा शरीरको दुखाई समेत कम गर्न सहयोग पुर्याउँछ । (एजेन्सीको सहयोगमा)