२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगशको स्पष्टिकरण: मंसिर ७ लाई यसरी बुझौ



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमाले सचिब योगेश भट्टराईले मंसिर ७ गते कुनै पार्टी वा व्यक्तिप्रति लक्षित नभएर सरकारको ध्यानाकर्षण र सरकारसंगका प्रश्नमा केन्द्रित रहेर विशेष कार्यक्रम आयोजना गरिएको गर्न लागिएको जनाउनु भएको छ ।

सोही दिन व्यवसायी दुर्गा प्रसाईले पनि प्रर्दशन गर्न लागेको र एमाले प्रर्दशन प्रसाई केन्द्रित हुन लागेको भन्दै आलोचना भएपछि सचिव भट्टराईले सामाजिक संञ्जालमार्फत स्पष्टिकरण दिनु भएको हो ।

मंसिर ७ गते गतेको कार्यक्रमलाई देशप्रेमी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी नेपालीहरुको साझा कार्यक्रमका रूपमा पनि सचिव भट्टराईले आग्रह गर्नुभएको छ ।

उहाँल लेख्नुभएको छ –

मंसिर ७ का बारेमा यसरी बुझौ

नेपाल राष्ट्र र बहुदलीय लोकतान्त्रिक ब्यवस्थालाई माया गर्ने सबै ब्यक्ति, संस्था तथा राजनीतिक शक्तिहरुलाई नेकपा एमालेले मित्र ठान्दछ ।

नेकपा एमालेको बुझाइमा

१. राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउनेहरु नेपालीका शत्रु हुन ।

२. बहुदलीय लोकतान्त्रिक ब्यबस्थामाथि धावा बोल्नेहरु नेपालीका शत्रु हुन ।

३. भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, कमिशनखोरी नेपालीका शत्रु हुन ।

४. अराजकता, साम्प्रदायीकता, बिखण्डनबाद नेपालीका शत्रु हुन ।

५. धार्मिक अतिबाद, उग्रवामपन्थी अतिवाद तथा दक्षीणपन्थी अतिवाद नेपालीका शत्रु हुन ।

६. अशिक्षा, गरिबी, अविकास, पछौटेपन, रोग, बेरोजगारी अग्रगतीका चुनैती र नेपालीका शत्रु हुन ।

उपरोक्त मुद्धाहरु सिंगो राष्ट्रका साझा सवाल हुन ।

प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार उपरोक्त बिषयलाई सार्थक संबोधन गर्न र सकारात्मक आशावाद जागृत गर्न असफल भएको छ ।

कतिपयले सरकारको असफलतालाई व्यवस्था र प्रणालीको असफलताका रुपमा चित्रण गरी मूलुकलाई राजनीतिक अस्थिरताको अनन्त चक्रब्यूहमा फसाउन खोजिरहेका छन ।

नेकपा एमाले जसले यो व्यवस्था, प्रणाली र संविधान ल्याउन नेतृत्व गर्यो उसले आजको यो अवस्थाप्रति वेखबर रहन मिल्दैन ।

उपरोक्त सवालमा जनतालाई सुसुचित गर्नु, सिंगो राष्ट्रलाई एकताबद्ध बनाउनु, बलियो नेतृत्व, बलियो पार्टी र बलियो राष्ट्रका

माध्यमबाट आम जनतामा क्रान्तिकारी आशावादको रक्त संचार गर्नु र निष्कर्षमा सम्मृद्ध नेपाल, शुखी नेपालीको राष्ट्रिय

आकांक्षालाई पुरा गर्नु नेकपा एमालेको जिम्मेवारी हो ।

मंसिर ७ गते नेकपा एमाले सम्बद्ध जनसंगठनहरुले संयुक्त रुपमा आह्वान गरेको सडक प्रदर्शन यिनै बिषयमा केन्द्रित रहेको छ । रहने छ ।

कुनै पार्टी वा व्यक्तिप्रति लक्षित नभएर सरकारको ध्यानाकर्षण र सरकारसंगका प्रश्नमा केन्द्रित रहेर मंसिर ७ गते विशेष कार्यक्रम आयोजना गरिएको हो ।

तसर्थ: मंसिर ७ गते गतेको कार्यक्रमलाई देशप्रेमी, लोकतन्त्रप्रेमी तथा न्यायप्रेमी नेपालीहरुको साझा कार्यक्रमका रूपमा बुझ्नु पर्दछ । बुझाउनु पर्दछ ।




भर्खरै