२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेडको शतकमा अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन, भारत घरमै स्तब्ध



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा १ लाख ३३ हजार बढी दर्शकसामु अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै ट्रफि उचाल्यो ।

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । अष्ट्रेलियाको जितमा ट्रेभिस हेड नायक बने । उनले शतकीय पारी खेले ।

१२० बलमा १३७ रन जोडेका हेडले १५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, मार्नस लाबुश्चेन ११० बलमा ५८ रनसहित अविजित रहे । मिचेल मार्शले १५ बलमा १५ रन जोड्दा ग्लेन म्याक्सवेल २ रनमा अविजित रहे ।

बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद सिराज र मोहम्मद शामीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए ।

साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौरनौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई/दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।