२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब मैदानबाट आँशु खसाल्दै ड्रेसिङ रुममा गए रोहित शर्मा



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को फाइनलमा आयोजक भारत अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । यो हारबाट भारतीय कप्तान रोहित शर्मा निकै निराश देखिएका छन् ।

रोहितले खेलपछि आफ्नो टोलीका ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरेको र पिचलाई दोष नदिने बताए ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाएर पूरा टिम अलआउट भएको थियो । जवाफमा अष्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

भारतीय टोलीले विश्वकपमा लगातार ११ औँ जित हात पार्दै उपाधि जित्न चाहेको थियो तर त्यसो हुन सकेन । प्याट कमिन्सको कप्तानीमा रहेको अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बन्यो ।

योसँगै भारतीय टोलीले फेरि आईसीसीको उपाधिको खडेरी अन्त्य गर्नबाट बञ्चित भएको छ । भारतले १० वर्षयता कुनै पनि आईसीसीको उपाधि जित्न सकेको छैन । भारतको हारपछि कप्तान रोहित शर्माले आफ्नो आँसु लुकाउन सकेनन् र रुँदै मैदानबाट ड्रेसिङ रुममा गए ।

रोहित शर्माको बयान
नतिजा हाम्रो पक्षमा आएन र आज हामीले राम्रो प्रदर्शन गर्न सकेनौं भन्ने हामीलाई थाहा छ । तर मलाई टोलीमा गर्व छ । यो खेल हार्नु हुँदैनथ्यो । इमानदारीपूर्वक, हामीले २० वा ३० रन थप गरेको भए राम्रो हुन्थ्यो ।

ट्राभिस र मार्नसले हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर निकाले । मलाई लाग्छ फ्लड लाइटमा ब्याटिङ गर्न सजिलो भयो । मेरो मतलब हामीलाई थाहा छ कि लाइटको समयमा ब्याटिङ गर्न पिच राम्रो हुन्छ, त्यसैले हामीले कुनै बहाना नगर्नु राम्रो हुन्छ । हामीले राम्रो ब्याटिङ गर्न सकेनौं । तर हामीले ट्राभिस र मार्नसलाई श्रेय दिनैपर्छ कि दुबैले खेललाई टाढा राखे ।

 

 




भर्खरै