२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माण गर्न कांग्रेसले श्रमदान गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रूकुम (पश्चिम)का भूकम्प प्रभावित क्षेत्रका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गर्न श्रमदान गर्ने भएको छ ।

मंगलबार महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले सो निर्णय गरेको हो ।

श्रमदान गर्न यथाशिघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने कांग्रसले निर्णय गरेको छ ।

उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने कांग्रेसले जनाएको छ ।

यस्तै, श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्नेछ ।

यस्तै, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडैनै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने कांग्रेसले जनाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुर्नस्थापना सम्वन्धी अध्ययन गरि आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्याउने पनि सो पार्टीले जनाएको छ ।

यस्तै, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्र बारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको छ ।