२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तृषा कृष्णनमाथिको बेडरुमको बयानका लागि प्रहरीद्वारा मन्सुर अली खानमाथि मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री तृषा कृष्णनमाथि अपमानजनक टिप्पणी गरेर मन्सुर अली खान गम्भीर समस्यामा छन् । अहिले प्रहरीले उनीमाथि कारबाही गर्न थालेको छ । अभिनेताविरुद्ध मुद्दा दर्ता भएको छ ।

हालै मन्सूर अली खानले तृषा कृष्णनको बारेमा अभद्र टिप्पणी गरेको भिडियो सार्वजनिक भएको थियो । यो क्लिपले सामाजिक सञ्जालमा निकै हलचल मच्चाएको छ । तृषा कृष्णन लगायत साउथका धेरै ठूला स्टारहरुले अभिनेताको बयानमा आपत्ति जनाएका छन् ।

मंसूर अली खानले बेडरूम दृश्यको बारेमा भिडियोमा तृषामाथि अपमानजनक टिप्पणी गरेका थिए । उनको भनाइले राष्ट्रिय महिला आयोगलाई पनि कारबाही गर्न बाध्य बनायो । बढ्दो विवादकाबीच अब तमिलनाडुको नुंगम्बक्कममा मन्सुर अली खानविरुद्ध मुद्दा दर्ता भएको छ ।

समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार, प्रहरीले अभिनेत्री कृष्णनको बारेमा आपत्तिजनक बयान गरेको आरोपमा मंसूर अली खान विरुद्ध आईपीसीको धारा ३५४ ए र ५०९ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

तृषाको बारेमा मन्सुर अली खानले भने, ‘जब मैले तृषासँग अभिनय गरिरहेको सुने, तब फिल्ममा एउटा बेडरूम सीन हुनेछ भन्ने सोचेको थिएँ । मैले सोचेँ कि म उनलाई त्यसरी नै बेडरूममा लैजान सक्छु । यो मेरा अघिल्ला फिल्महरूमा अन्य अभिनेत्रीहरूसँग । मैले धेरै फिल्महरूमा यस्ता दृश्यहरू गरेको छु र यो मेरो लागि नयाँ कुरा होइन, तर यी मानिसहरूले मलाई कश्मीरको समय तालिकामा तृषालाई सेटमा देखाएनन् ।’




भर्खरै