२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब किंग्सले आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडीलाई रिलिज गर्न सक्ने



अ+ अ-

एजेन्सी । साम करन आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई १८.५ करोडमा किनिएको थियो तर उनको प्रदर्शन भने खासै रहेन । तसर्थ पञ्जाब किंग्सले साम करनलाई रिलिज गर्न सक्छ ।

आईपीएल २०२४ का लागि खेलाडी लिलामी डिसेम्बर १९ मा दुबईमा हुनेछ । अर्कोतर्फ सनराइजर्स हैदरावादले इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुकलाई पनि रिलिज गर्न सक्नेछ ।

आइपिएल २०२३ को लिलामीमा हैदरावादले ब्रुकलाई १३.२५ करोड भारुमा किनेको थियो । ब्रुकलाई लिनको लागि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा भएको थियो, तर अन्त्यमा हैदरावाद उनलाई लिन सफल भयो ।

तर, ब्रुकले प्रभाव पार्न सकेनन् । यस वर्ष आईपीएलका ११ खेलमा १ सय ४० को स्ट्राइक रेटमा एक शतक सहित कुल १९० रन बनाए । सनराइजर्स हैदरावादका लागि पछिल्ला केही सिजन राम्रो रहेन र टोली नकआउट दौडमा पनि पुग्न सकेन ।

यस वर्ष सनराइजर्सले समूहका १४ खेलमध्ये चारमा मात्रै जित हासिल गरेको थियो । रिपोर्टका अनुसार ब्रुकलाई रिलिज गर्दा लिलामीलाई ध्यानमा राख्दै सनराइजर्सको बजेट बढ्नेछ र उसले केही प्रतिभाशाली खेलाडीलाई टोलीमा समावेश गर्न सक्नेछन् ।

यसैबीच, चेन्नई सुपर किंग्सका स्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल २०२४ मा नखेल्ने घोषणा गरिसकेका छन् ।




भर्खरै