२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मुलुकमा विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेनः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गर्नुभयो । नेपाल संवत ११४४ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराव भन्ने हुनै नसक्ने तर्क गर्नुभयो । गल्ती गर्नेहरु खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर बनाएको छ । राजनीति अराजक बनाएको छ । अराजकतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहित गरिराखेको छ । समाजमा सुशासन छैन । गुण्डाहरुलाई कारबाही गर्ने, गिरफ्तार गर्ने होइन । गुण्डालाई प्रहरीले गिरफ्तार ग¥योभने सरकारले छोडन लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन् गुण्डाहरु छानीछानी ।

यो सुशासन भएन । अर्थतन्त्र ध्वस्त बनाएको छ । तस्करी बढेको बढ्यै छ । ३५ क्वीन्टल सुन त अस्तीनै आएको हामीले देख्यौं । जसमध्ये १ क्विन्टल पक्राउ प¥यो । अहिले ६० केजीमा झरेको छ । साँढे नौं केजी सुन पक्राउ प¥यो । अहिले त्यो २ केजी मात्रै छ । यो कुशासनको चर्चा गरी साध्यै छैन । तर यसको अर्थ लोकतन्त्र खराव भन्ने हुन सक्दैन । गणतन्त्र खराव भन्ने हुन सक्दैन । यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला । त्यसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं ।’

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गर्नुभयो ।