१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र क्षेत्र राष्ट्रिय स्तरको बन्न सकेको छैन: वरिष्ठ कलाकार नीर शाह (भिडियो सहित )



अ+ अ-

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हालिस गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन नसकेको बताउनु भएको छ । नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाएपनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापित हुन नसक्ने बताउनुभयो । 

यस्तै चलचित्र क्षेत्र आफै राष्ट्रिय स्तरको बन्न नसकेको पनि शाहले बताउनु भएको छ । जुन भाषालाई मात्र लिएर दशकौं देखि सिनेमा बनेका छन् त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै रहेको बताउनुभयो । जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडी बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने पनि वरिष्ठ कलाकार शाहले बताउनुभयो ।

कुनैपनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने पनि शाहको भनाई छ । देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गर्नुभयो । वित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामि दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले बताउनुभयो ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्छ ?

नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौति रहेको बताएका छन् । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताउनुभयो । त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने बताउनुभयो ।

निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भिडमा जाँदा कोरोना सर्दैन भन्ने विश्वास दिलाउनुपर्ने बताउनुभयो । यस्तै यसअघि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताहरुले नै पहिलो तत्परता देखाएर चलचित्र प्रदर्शनि गर्नुपर्ने बताउनुभयो । निर्देशक समाजका अर्का उपाध्यक्ष राजु अधिकारीले पनि दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पुरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने बताउनुभयो ।

निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले सीनेमा दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताउनुभयो । यस्तै निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्ष सम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने बताउनुभयो ।

कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गास, बास र कपासको समस्या समाधान नभईकन चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने बताउनुभयो । जनजीवन समान्य बन्दै गएको अवस्थामा चलचित्रकर्मीहरु सबैले आफ्नो कामलाई निरन्तरता दिई चलचित्र प्रदर्शनका लागि तयार हुनुपर्ने बताउनुभयो । यस्तै पहिलोपटक चलचित्र कसले चलाउने भन्ने अन्योल भएकाले सरकारले सहयोग गर्नुपर्ने पनि बताउनुभयो । कलाकार दिपाश्री निरौलाले सामाजिक दुरी कायम गर्दै चलचित्र हेर्नका लागि आम दर्शकलाई आह्वान गर्नुपर्ने बताउनुभयो ।

कोभिड पछि जनजीवन विस्तारै समान्य बन्दै गएको अवस्थामा पनि चलचित्र क्षेत्र सूचारु हुन सकेको छैन । खासगरी कसले पहिला चलचित्र प्रदर्शन गर्ने भन्ने अन्योल चलचित्र निर्माताहरुमा देखिएको छ । कोभिडपछि खुलेको बजारमा चलचित्र हेर्नका लागि दर्शक नआउने हुन की भन्ने आशंकाले चलचित्र क्षेत्र चलायमान हुन नसकेको चलचित्रकर्मीहरुको भनाई छ ।