२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल बुधबार युएई जाने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार संयुक्त अरब इमिरेट्स (युएई) जानुहुने भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन उहाँ त्यसतर्फ जानुहुने भएको हो । कोप २८ मंसिर १४ देखि २६ सम्म युएईको दुबईमा हुँदैछ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जानुहुनेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु रहेको बताइएको छ ।

प्रधानमन्त्रीले १६ गते (शनिबार) सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्नुहुनेछ । साथै उहाँले भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जानुहुने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई समेत सम्बोधन गर्नुहुनेछ ।