२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ ।

सोमबार मात्रै हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज मंगलबार नयाँ ऐतिहासिक रेकर्ड बनाएको हो । सोमबार सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँ कायम भई नयाँ रेकर्ड बनाएको थियो ।

आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेर एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्यमा यथाबत रहि प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।