५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: काठमाडौँ र चितवनको खेल बराबरीमा



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने चितवनले लियो । चितवनले खेलको ८६ औँ मिनेटमा गोल पहिलो अग्रता लियो । चितवनका लागि नवयुग श्रेष्ठले गोल गरे । तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौँले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । काठमाडौँका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन् । यससँगै काठमाडौँले प्रतियोगितामा दुई खेलबाट ४ अङ्क जोडेको छ ।

चितवनले भने १ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो । यता चितवन भने पोखरासँग पराजित भएको छ ।