२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता



अ+ अ-

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । यस्ता प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने विकास व्यक्त गर्दै उहाँले बुद्धिचाल खेलका बारेमा पाठ्यपुस्तकमा समावेश गर्ने तयारीमा आफूहरू रहेको बताउनुभयो ।

नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामा, नगर खेलकुद विकाश समिति अध्यक्ष चन्द्र लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी लगायतले प्रतियोगीताको लागि सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ८६ जना खेलाडीले सहभागिता रहेको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

स्वीस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेल नवौँ राउन्डसम्म सञ्चालन हुने र जसको बढी अङ्क आउँछ सोहीअनुसार विजयी हुने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिन आज पहिलो राउण्डमा ८६ जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने र साँझ दोस्रो चरणको पनि खेल हुने उहाँले बताउनुभयो । प्रतियोगितामा पहिलो हुने विजयी खेलाडीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछन् ।

यस्तै चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँदेखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही रु ११ हजार प्रदान गरिने बताइएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।