१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछुत अन्त्य नभएको दलित अगुवाहरुको आरोप (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संविधानले जातिय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवाना समेत लाग्ने स्पष्ट उल्लेख गरेपनि कार्यान्वयन फितलो भएको दलित अगुवाहरुले गुनासो गरेका छन् । जातिय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता जनाएर छुवाछुत अन्त्यको घोषणा गरिएको भएपनि दलित समुदाय माथि जातिय छुवाछुत र भेदभाव अन्त्य नभएको उनिहरुको गुनासो छ । 

जातिय छुवाछुतका घटनामा सुदूरपश्चिम प्रदेश निकै अगाडी रहेको छ । जातिय छुवाछुतकै कारण विभिन्न समयमा हिसांत्मक घटना समेत घट्ने गरेका छन् । जातिय छुवाछुत अन्त्य गर्ने घोषणा सहित नेपालका सबै राजनितिक दलको प्रतिनिधित्वमा नेपालको संविधान निर्माण भएको भएपनि कार्यान्वयन पक्ष निकै फितलो भएको दलित अगुवाहरुको गुनासो छ । धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले दलितप्रति हेर्ने नजर नफेरिएको गुनासो गरेका हुन् । संविधानले व्यवस्था गरे अनुरुपकै आरक्षणबाट जनप्रतिनिधी बनेका तथा सरकारी सेवामा रहेकाहरु प्रति हेर्ने ब्यवहार समेत फरक देखिने गरेको उनीहरुले बताएका छन् ।

अन्र्तजातिय प्रेम सम्बन्धलाई समाजले नस्वीकारेका कारण युवतीहरुले आत्महत्या समेत गर्नुपरेको घटनाहरु समाजमा विद्यमान रहेको पनि उनीहरुले बताएका छन् । दलित समुदायबाट संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि पनि कानूनको कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता ब्यक्त गर्दै आएका छन् । संसदले कानून बनाउने र सरकारी निकायबाट ति कानूनको कार्यान्वयन नहुनुकै कारण दलित माथिको छुवाछुत अन्त्य नभएको उनिहरुको तर्क छ ।

सरकारले भने सरकारी तहबाट कानून बनाउनका लागी संसदमा पेस गर्ने कुरा देखी छलफल गर्ने कुरामा कमि नभएको दावी गरेको छ । सरकारले दलितका पक्षमा गर्ने काममा कमि नभएपनि समाजमा बस्ने सबै ब्यक्तीहरुको सोच परिवर्तन नहुँदा यो समस्याको समाधान हुन नसकेको सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो । अब थर नै हटाएर नाम मात्रै राखेर नागरिकता बनाए मात्रै छुवाछुत अन्त्य हुने अवस्था आएको बताउनुभयो ।

कानूनी रुपमा जातिय छुवाछुतको अन्त्य दण्डनीय भएपनि जातिय छुवाछुत र विभेदको घटनाहरुमा कमी हुन सकेका छैन । कानूनी पक्षलाई बलियो रुपमा कार्यान्वयन गर्दै र समुदायको मानसिकता समेत परिवर्तन गर्दै जातिय छुवाछुतको समुललाई नष्ट गर्नु आवश्यक भएको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।