६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: फाइनलमा पुग्न बागमतीले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य



अ+ अ-

पोखरा । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितको लागि १ सय २८ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटकोे क्षतीमा १ सय २८ रन बनायो ।

बागमतीका लागी प्रतीक श्रेष्ठले अर्धशतकिय ईनिङ खेले । उनले टीमको लागि सर्वाधिक ५० रन बनाए । कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ रन बनाए ।

बलिङतर्फ आर्मीका साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिए ।