२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरका १५ विद्यालयमा बम बिष्फोट गर्ने धम्की, सबै विद्यालयलाई एकैसाथ इमेल पठाइयो



अ+ अ-

एजेन्सी । कर्नाटकको बैंगलोरका १५ निजी विद्यालयमा बमको धम्की आएको छ । यो धम्की शुक्रबार (डिसेम्बर १) मा इमेल मार्फत दिइएको थियो । विद्यालयभित्र बम राखिएको दाबी गर्दै सबै विद्यालयलाई एकैपटक इमेल आएको थियो ।

विद्यालय प्रशासनले तत्काल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले विद्यालयबाट विद्यार्थीलाई निकालेर खोजी सुरु गरेको छ । घटनास्थलमा बम डिफ्युजन स्क्वाड र तोडफोड विरोधी टोली पनि पुगेको छ । तर, अहिलेसम्म केही फेला परेको छैन ।

बैंगलोर प्रहरीका अनुसार सबै स्कूलहरू शहरका विभिन्न भागहरूमा छन् । अहिलेसम्म शंकास्पद केही भेटिएको छैन । बम भएको जानकारी पाएपछि विद्यार्थीका अभिभावक आफ्ना छोराछोरीलाई लिन आएका थिए । यसले अराजकता सिर्जना गरेको छ ।

सबै विद्यार्थी र विद्यालयका कर्मचारीलाई सकुशल बाहिर निकालिएको छ । खोज अभियान चलिरहेको छ । गत वर्ष बैंगलोरका सात विद्यालयमा यस्तै बमको धम्की आएको प्रहरीले बताएको थियो तर त्यो अफवाह मात्र सावित भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमार एक विद्यालय पुगेर स्थितिको जानकारी लिए । ‘टिभीमा विद्यालयमा बम भएको खबर देखेर म डराएँ । धम्की पाएका केही विद्यालय मेरो घर नजिकै छन् ।’ उपमुख्यमन्त्रीले भने– ‘प्रहरीले मलाई इमेल देखाएको छ । यो नक्कली देखिन्छ । केही अराजक तत्वले यो काम गरेको हुनसक्छ । हामी तिनीहरूलाई २४ घण्टामा समात्नेछौं । साइबर क्राइम प्रहरी सक्रिय छन्, आफ्नो काम गरिरहेका छन् । मैले प्रहरीसँग कुरा गरेँ, तर हामी सतर्क हुनुपर्छ ।’